गाँउगाँउमा गरिब र असाहयको सारथी बन्दै डा.शर्मा र नोबेल अस्पताल


बेलबारी । उपचारको अभावमा घरमै थलिएर बसेका गरिब र असाहयहरुलाई नोबेल अस्पताल बिराटनगरका सञ्चालक डा.सुनिल शर्माले खोजी खोजी उपचार गर्न थालेका छन । शर्माले एक साताको अबधिमा बेलबारी नगरपालिका वडा नम्बर ४ बाट मात्र ३ जना बिरामीलाई घरमै एम्बुलेन्स समेत पठाएर निशुल्क उपचारको ब्यबस्था मिलाएका छन ।

बुधबार बिहान बेलबारी ४ हिमाली चौककी ७२ बर्षिया सम्झना लिम्बुलाई उनले निशुल्क उपचारका लागी बिराटनगर लगेका छन । लामो समयदेखि आर्थिक अभावमा उपचार नपाई ओछयान परेकी लिम्बुलाई नेपाली काँग्रेस बेलबारीको संयोजनमा बिराटनगर लगेका हुन । उपचारका लागी २ देखि ३ लाख खर्च गरिसकेको र आर्थिक अभाव भएपछि भुडी समेत सुन्निएर उठ्न र बोल्न समेत नसक्ने भएपछि उनलाई निशुल्क उपचारका लागी बिराटनगर लैजाने ब्यबस्था मिलाएको बिरामीका श्रीमान ८२ बर्षिय दिलप्रसाद चेम्जोङले बताए ।

उनलाई निशुल्क उपचारका लागी लैजानु अघि उनको घरमा पुगेका नेपाली काँग्रेसका जिल्ला सदस्य तथा स्थानीय निर्बाचनमा बेलबारी नगरमा मेयरका प्रत्यासी राजकुमार लिम्बुले डा.सुनिल शर्मा गरिब र असहयाका लागी बरदान साबित भएको बताए । उनले गरिब र असाहयका लागी सरकारले समेत गर्न नसकेको काम शर्मा एक्लैले गरिरहेको बताए । नेपाली काँग्रेस बेलबारीका सचिब राजेश खत्री शर्माको यो काम सहनीय रहेको बताए । बिरामीलाई अस्पताल पठाउनुअघि नेपाली काँग्रेसका क्षेत्रीय सदस्य राजेन्द्र अधिकारी,बेलबारी वडा नम्बर ४ संयोजक डम्बर बस्नेत,सक्रिय सदस्य चन्द्र लिम्बु लगायत घरमै पुगेका थिए ।

केहीदिन अघि शर्माले सोही वडाबाट आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेका ३ जना बिरामीलाई नोबेलमा लगेर निशुल्क उपचार गराईरहेका छन । शर्मा मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । उनले त्यहि बेला यस भेगका गरिब तथा असाहयहरुलाई निशुल्क उपचार गराउने प्रतिबद्धता गरेका थिए । उनले यस क्षेत्रबाट दैनिक एक दर्जन बढीलाई निशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएका छन ।

तपाईको प्रतिक्रिया