गरिब,जेहेन्दार र दलित बिद्यार्थीलाई समाजसेवी राईको सहयोग

लक्ष्मीमार्ग । सरकारी बिद्यालय प्रति अभिभावकहरुको धारणा अझै गलत रहेको र आफना बालबालिका निजि बिद्यालयमा पढाँउदा मात्र दक्ष हुने भ्रम यथावत रहेको मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेकोलक्ष्मी माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोबिन्द भण्डारीले बताएका छन ।

उनले सयौँ चोटि सरकारी बिद्यालयमा अभिभावकलाई बोलाउँदा र बिद्यार्थीहरुको बारेमा राय सल्लाह लिन् खोज्दा उनीहरु नआउने गरेको तर निजि बिद्यालयमा बोलाई नसक्दै अभिभावकको ताँती लाग्ने गरेको उनले बताए । अभिभावकहरुले अझै सरकारी बिद्यालयलाई बिश्वास गर्ने बाताबरण सिर्जना नभएको भन्दै अभिभावकहरुलाई सरकारी बिद्यालयमा बिद्यार्थी पढाउन आग्रह गरेका छन ।


सोमबार बिहान सो बिद्यालयमा आयोजित गरिब,जेहेन्दार तथा दलित बिद्यार्थीहरुलाई पोशाक बितरण कार्यक्रममा प्रअ भण्डारीले यस्तो गुनासो गरेका हुन । स्थानीय युवा समाजसेवी बिक्रम राई र उनका पिता जगत बान्तावा राईले सो बिद्यालयमा अध्यायनरत ३८ जना बिद्यार्थीलाई पोशाक बितरण गरेका छन । बिगत ३ बर्षदेखि उनीहरुले सो बिद्यालयमा पोशाक बितरण गर्दै आएका छन । गत बर्ष ३७ जना बिद्यार्थीलाई पोशाक बितरण गरिएको प्रअ भण्डारीले बताए ।
सामाजिक क्रियाकलापमा अग्रसर राई लामो समयदेखि बिभिन्न सामाजिक गतिबिधिमा सक्रिय हुँदै आएका छन । गत बर्ष मात्रै उनकै नेतृत्वमा डाँगीहाट गोल्डकप समेत सम्पन्न भएको थियो । सामाजिक रुपमा काम गर्दा आफुलाई आनन्द लाग्ने उनी बताँउछन ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

के प्रदेश सांसदहरु असुरक्षित भएकै हुन ?

प्रदेश १ को राजधानी बिराटनगरको पक्षमा काँग्रेस, बिपक्षमा कम्युनिष्ट

चुनौतिका पहाडबिच छलाङ मार्दै पूर्वेली न्यूज पाँचौ बर्षमा

बलात्कारीलाई फाँसी दिँदा के हुन्छ ?

उर्जामन्त्रीदेखि मुख्यमन्त्रीसम्मको आश्वासन : बाढीले बगाएको एक बर्ष बित्दासमेत बनेन लोहन्द्राको पुल

प्रहरी ईन्काउण्टर फेक की रियल ?

पुर्वमा तिजको लहर आयो बरि लै …..!

युवराजले लिए बेवारिसे नवजात शिशुको पालनपोषणको जिम्मा

कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

तपाईको प्रतिक्रिया