खोलामा तटबन्धन नहुँदा हरेक बर्ष बाढीको त्रास

बेलबारी । बर्खायाम शुरु भएसँगै बेलबारी नगरपालिकाका वडा नम्बर १,२,३ लगायत अन्य वडाका बासिन्दा जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । हरेक बर्ष लोहन्द्रा खोलामा आउने बाढीले आसपासका क्षेत्रहरुमा तिब्र कटान मात्र गर्दैन सिंगो बजार नै जलमग्न बनाउने गरेको छ ।

खोलामा स्थायी तटबन्धन नहुँदा हरेक बर्ष बेलबारीमा डुबान हुने गरेको छ । गतबर्ष समेत बाढीका कारण ठुलो क्षति भयो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले बिपद ब्यबस्थापनका लागी नगरपालिकाले बिभिन्न गतिबिधिहरु गर्न शुरु गरिएको बताएका छन । खोलाको तटबन्धनका लागी केन्द्र तथा प्रदेश सरकार सँग मिलेर काम गर्ने समेत उनले बताएका छन । लोहन्द्रा तथा चिसाङ खोलामा तटबन्धन गर्नका लागी स्थानिय सरकार लागी परको समेत उनले बताएका छन ।

हरेक बर्ष बेलबारीको लोहन्द्रा खोलामा आउने बाढीले सयौँ बिगाहा जमिन बगाउनुका साथै धेरै घरहरु समेत बगाउने गरेको छ । खोलामा तटबन्धन नहुँदा बेलबारी ३ मा रहेको खोरिया बस्ती,बेलबारीको वडा नम्बर १,२,३ लगायतका बासिन्दा बर्खायाम शुरु हुनेबित्तिकै जाग्राम बस्ने गरेका छन भने खोला बस्तिमा पस्दा सिंगो बेलबारी बजार नै जलमग्न हुने गरेको छ । स्थानीय बासिन्दाहरु हिँउदभरि कसैको ध्यान नजाने र बर्खायाम शुरु भएसँगै सबैले काम गरेजस्तो देखाउने तर जोखिम न्युनीकरण नहुने गुनासो गर्छन ।

बिपद ब्यबस्थापन सम्बन्धी गोष्ठी

नगरपालिका क्षेत्रभित्र आईपर्ने दैबिप्रकोप बाट हुने क्षति र त्यसका न्युनिकरणका बिषयमा बेलबारी नगरपालिकाले चासो देखाउन थालेको छ । नगरपालिकाले सरोकारवालाहरु सँग छलफल गरी अहिले सम्मको अबस्थाका बारेमा जानकारी लिएको छ भने बाढीपहिरो,आगलागी लगायतका अन्य घटना न्युनिकरणका लागी के गर्न सकिन्छ भन्ने बिषयमा सुझाव सहित पहलको प्रयास समेत थालेको छ ।

नगरपालिकामा एक दिने गोष्ठीको आयोजना गरी बिभिन्न क्षेत्रको बस्तुगत अबस्थाको बारेमा समेत जानकारी लिईएको छ । नगरपालिकाका राजनितिक दल, सामुदायिक बनका पदाधिकारी,उद्योग वाणिज्य संघ बेलबारी,जेसिज,लायन्स क्लब, युवा जागरण अभियान लगायतका नगरभित्र सक्रिय संघ संस्थाका प्रतिनिधिहरुसँग शुक्रबार छलफल गरेको हो ।

प्राकृतिक बिपत्ति पछि उत्पन्न हुने समस्याको न्युनीकरण गर्ने उद्धेश्यका साथ नगरपालिकाले यो बिषयमा चासो देखाएको हो । गोष्ठीमा सहभागीहरुले बिपद न्युनीकरणमा नगरपालिकाले थप पहल गर्नुपर्नेमा जोड दिए ।

PURBELI TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

प्रहरी ईन्काउण्टर फेक की रियल ?

पुर्वमा तिजको लहर आयो बरि लै …..!

युवराजले लिए बेवारिसे नवजात शिशुको पालनपोषणको जिम्मा

कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

भर्जिन कथा र भर्जिन लोकेशनमा पुरानो बुलेट

पहाडमा पहिराे तरार्इमा बाढीले जनजीवन आक्रान्त

बिबाहमा हुने फजुल खर्च कटाएर नेत्रहिनलाई सहयोग

जिब्रोले निधार छुने अच्चमका युवाको फिल्म खेल्ने रहर

खोला जव सुस्ताउँछ, स्थानीयको भोक र निन्द्रा हराउँछ

तपाईको प्रतिक्रिया