खोलामा डुबेर युवकको मृत्यु

बैतडी / खोलामा डुबेर बैतडीमा आज एक युवकको मृत्यु भएको छ । वनभोज खान हिँडेका दशरथचन्द नगरपालिका–४ गोठलापानीका २५ वर्षीय अशोकमणि भट्टको नीलगाडस्थित खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया