खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

खोटाङ / खोटाङमा स्वास्थ्य बिमा गर्ने नागरिकको संख्या १७ हजार नाघेको छ । २०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको यस जिल्लामा २०७६ वैशाख १३ गतेसम्म १७ हजार ४ सय ५१ जनाले बिमा गरेको जानकारी स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले दिए ।

उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमबापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० वटै स्थानीय तहमा स्वास्थ्य बिमा दर्ता कार्यक्रम अघि बढाइएको छ ।
जिल्लाको ऐंसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल खोटाङ, जिल्ला अस्पताल उदयपुर, जिल्ला अस्पताल ओखलढुंगा, जिल्ला अस्पताल सोलुखुम्बु, धरान, विराटनगर, काठमाडौं, भक्तपुरलगायत ठाउँमा रहेका सरकारी अस्पतालबाट बिमाको सर्तअनुसार स्वास्थ्य उपचार सेवा लिन पाउनेगरी स्वास्थ्य बिमा दर्ता भइरहेको छ ।

हरेक वडामा नियुक्त स्वास्थ्य बिमा दर्ता सहयोगीले नाम दर्ता र परिचयपत्र वितरणको काम गरिरहेका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु, काठमाडौंअन्तर्गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकको स्वास्थ्य बिमा फागुन १ बाट, माघदेखि चैतसम्म नाम दर्ता गरेका नागरिकको बिमा जेठ १ बाट, वैशाखदेखि असारसम्म नाम दताए गरेका नागरिकको भदौ १ बाट र साउनदेखि असोजसम्म नाम दर्ता गरेका नागरिकको बिमा मंसिर १ गतेबाट लागू हुने जनाइएको छ ।

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य ढेबुवाघाटका बासिन्दा

प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल

सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

तपाईको प्रतिक्रिया

Loading…