खोटाङमा राहत लिन जाँदा लडेर मृत्यु

खोटाङ । खोटाङमा राहत लिन गएका एक व्यक्तिको लडेर मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–९ का ३० बर्षीय बीरबहादुर राई छन् ।
मंगलवार दिउँसो पौने ४ बजे उनी राहतका लागि फारम भर्न नगरपालिका कार्यालय पुगेका थिए ।

नगरपालिका कार्यालय परिसरमा रोकेर राखिएको मोटरसाईकलमा चढेर बस्ने क्रममा लडेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाईकल लडेर छातिमा थिच्दा राईको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

Loading…