खोटाङमा करेन्ट लागेर बालकको मृत्यु

खोटाङ / खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । हलेसी तुवाचुङ नगरपालिका-५ का लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको हाे ।

आज बिहान पौने ८ बजे घरबाट दिदिको घर जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया