खाजा भत्ता कटाएर धरानका प्रहरीद्वारा मृगौला पीडितलाई सहयोग

धरान / सानो सहयोगले पनि ठूलो राहत हुन्छ भन्ने उदाहरण इलाका प्रहरी कार्यालय धरानका प्रहरीहरुले उदाहरण पेश गरेका छन् । उनीहरुले सुरक्षामा खटिएको समयमा दिएको खाजा भत्ता संकलन गरेर एक जवानकी मृगौला पीडित श्रीमतिलाई सहयोग गरेका हुन् ।

उनीहरुले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी जवान तेन्जिङ शेर्पाकी श्रीमति सुष्मा राई शेर्पाको उपचारमा सहयोग पु¥याएका हुन् । लामो समयदेखि मृगौलाबाट पीडित श्रीमति शेर्पाको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उपचारमा केही सहयोग पुगोस् भनेर प्रहरी जवानले एसईईमा सुरक्षा खटिएको बेला पाएको खाजा खर्च वापत संकलन गरी १ लाख १ हजार सहयोग गरिसकेका उृनीहरुले पछिल्लो समय बीपी प्रतिष्ठानको एम डि परीक्षामा खटिएको खाजा खर्चवापतको २८ हजार रुपैया शनिवार मृगौला पीडित शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रहरी जवान तेन्जिङ्गकी श्रीमति सुष्पमालाई सहयोग गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो । २६ बर्षीया शेर्पाको स्वास्थ्य अवस्था सुधार हुदै गएको बताइएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

हारसंगै धरानको इतिहास रच्ने दाउ भयाे चकनाचुर

बुढासुब्बा गोल्डकप : डाफिन्स र आयोजकबीच उपाधिका लागि भिडन्त हुँदै

बाह्र बर्षपछि आयोजक धरान बुढासुब्बा गोल्डकपको फाइनलमा

विरोधबीच १७ बर्ष पछि भयाे धरान बसपार्क शिलान्यास

२१ औ बुढासुब्बा गोल्डकप : सिएमजी संकटा र मेची नेत्रालय बिचकाे खेल निष्कर्षविहीन, भोलि टाइबेकरबाट खेलको निर्णय गरिने

धरानको पहिलो २ तारे होटल गजुर प्यालेसको उद्घाटन

धरान बुढासुबबा गोल्डकपको तयारी अन्तिम चरणमा

वीपी प्रतिष्ठानद्वारा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा, आत्मनिर्भर हुँदा ठुलो खर्च जोगिने

धरान बीपी प्रतिष्ठानका ईन्टर्न डाक्टरहरु तलब सुविधा बढाउनु पर्ने भन्दै आन्दोलित

धरान प्रहरीद्वारा खैरो हिरोइनसहित तीन प्रक्राउ

तपाईको प्रतिक्रिया