
माेरङ । रंगेली नगरपालिका ८ संन्सारी मंन्दिर देखि उत्तरको खर बारीमा एक महिलाको शव फेला परेकाे छ । बिहीबार बिहान १० वजे घर बाट निग्राे टिप्न भनेर हिडेकि रंगेली ८ बस्ने राम गुलाफ कामतकी ३५ बर्षिया छाेरी फुलकुमारी कामतकाे शनिबार खर बारीमा शव फेला परेकाे हाे । घटनाकाे बिषयमा थप अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।