कोशी गाउँपालीमा आगलागी : साढे ३ लाखको क्षति

सुनसरी । सुनसरीको कोशी गाउँपालीकामा आगलागी हुँदा साढे ३ लाखको क्षति भएको छ । बिहीबार राति सवा ८ बजेको समयमा कोशी गाउँपालीका ७ स्थित हरिपुरका स्थानीय सकलदेव मेहताको घरबाट आगलागी हुँदा सो बराबरको क्षति भएको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ ।

सकलदेव मेहताको भान्सा घरमा खाना पकाउने क्रममा चुलोबाट आगलागी हुँदा मेहताको ४ थान बाख्रा, २ वटा फुस छानो भएको घर, नगद २५ हजारसहित लत्ताकपडा जलेर नष्ट भएको असई सुर्यबहादुर कार्कीले जानकारी दिए । यसैगरी आगलागीबाट सकलदेव मेहताका दाजु कपिलदेव मेहताको समेत २ वटा फुसको छानो भएको घर, १० थान बाख्रा, ३ वटा साइकल, सहित लत्ताकपडा जलेर नष्ट हुँदा अन्दाजी ३ लाख ५० हजार बराबरको क्षति भएको कार्कीले जानकारी दिए । आगलागी लाई करिब एक घण्टापछि इनरुवा ,इटहरी र दुहबीबाट आएका दमकल,नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासीले नियन्त्रणमा लिएका थिए ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…