कोरोना सङ्क्रमित झापाका उद्योगी दीपेन्द्र पोखरेलको निधन

झापा / कोरोना भाइरसबाट सङ्क्रमित बनेका झापाका वरिष्ठ उद्योगी ५३ वर्षीय दीपेन्द्र पोखरेलको बुधबार राति निधन भएको छ । उनलाई एक महिनाअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौंमा उपचार गराइरहेका उनको काठमाडौंकै नर्भिक अस्पतालमा निधन भएको हो । उनका भाइ प्रवीण पोखरेलका अनुसार ३६ दिनदेखि जारी उपचार सफल हुन नसक्दा अन्ततः दीपेन्द्र कोरोनासँग पराजित हुन पुगे ।

नेपाल प्लाइउड भेनियर सङ्घका प्रदेश १ का अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए। उनी निर्माण व्यवसायी सङ्घ झापाका पूर्वअध्यक्ष पनि हुन्।

तपाईको प्रतिक्रिया