कोरोना संक्रमणका कारण पाँचथरका पूर्ब शिक्षकको निधन

पाँचथर / कोरोना संक्रमणका कारण पाँचथरका फिदिम नगरपालिका ४ का एक पूर्व शिक्षकको आज निधन भएको छ । जेठ २२ गते कोरोना संक्रमण पुष्टि भएपछि २५ गतेसम्म होम आइसोलेसनमा वसी २५ गते पुनःपाँचथर अस्पतालमा उपचारका लागि भर्ना गरिएका ६४ वर्षीय उनको आज थप उपचारका क्रममा झापा लैजाँदै गर्दा निधन भएको हो ।

बाटोमा स्वास्थ्य अवस्था जटिल बनेपछि इलाम अस्पताल लगेर जाँच गराउँदा चिकित्सकले मृत घोषणा गरेको पारिवारिक श्रोतले जनाएको छ ।उनको शव आजै तमोर नदी घाटमा नेपाली सेनाले व्यवस्थापन गर्ने वताइएको छ ।

तपाईको प्रतिक्रिया