कुटो कोदालीद्वारा ४ जना वडाध्यक्ष सम्मानित

पथरी / मोरङको पथरीशनिश्चरेमा रहेको कुटो कोदाली कृषि सहकारी संस्थाले आफ्नो दोस्रो साधारण सभावको अवसरमा ४ जना वडाध्यक्षलाई सम्मान गरेको छ । पथरीशनिश्चरेको ग्रामिण भेगमा रहेर स्थापनाको दोस्रो वर्षमै संस्थाले मल बिउबिजन र एम्बुलेन्स सेवा संचालन सुरु गरेको छ । सम्मानित ब्याक्तीहरु पथरीशनिश्चरे नगरपालिका वडा नं। ४ का वडाध्यक्ष गोविन्द बहादुर भण्डारी, सुनबर्षी नगरपालिका वडा नं। २ प्रताप तामाङ र धनकुटा नगरपालिका वडा नं। ३ बिकाश घिमिरे रहेका छन ।

स्थानिय चुनावमा जनताले चुनेका जनप्रतिनिधिले जनताको मर्म अनुरुप उल्लेखनीय कार्य गरेको भन्दै संस्थाका अध्यक्ष राज कुमार माझीले वडाध्यक्षहरुलाई सम्मान गरेका थिए । साथै सस्थाले राष्ट्रिय सहकारी वैङक का अधिकृत तथा विराटनगर प्रमुख प्रभु पोख्रेल, मोरङ जिल्लाकै उत्कृष्ठ वचत तथा ऋण सहकारी सस्था वन्न सफल पथरीको लर्ड वुद्ध साकोस लाई पनि सम्मान गरेको छ ।

साथै सस्थाले उत्कृष्ठ कारोवार गर्ने सस्थाका ४ जना सेयर सदस्य समशेर बहादुर भण्डारी,तुलसा दंगाल, अमर चन्द्रवंशी,विष्णु तामाङ र उत्कृष्ठ कर्मचारीका रुपमा टंक भण्डारीलाई सम्मान गरिएको कार्यक्रम संयोजक एल वि भण्डारीले वताए । दुई बर्ष अगाडि स्थापना भएको सस्थाले आर्थिक गत वर्ष ५८ हजार ९ सय ६० शुद्ध नाफा कमाएको थियो भने यस वर्ष ४७ हजार ५ सय २० शुद्ध नाफा कमाएको वार्षीक प्रगति प्रतिवेदन सस्थाका सचिव मोहन श्रेष्ठले प्रस्तुत गरेका थिए ।
३ सय शेयर सदस्य रहेको स्थाले अउदो बर्षमा ५ सय पुर्याउने लक्ष्य लिएको छ । साधरण सभा तथा एम्वुलेन्स सेवाको औपचारिक उद्घाटन प्रमुख अथिति नगर प्रमुख दिलिप कुमार राईले गरेका थिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

तपाईको प्रतिक्रिया

Loading…