कुटपिट गरी आफ्नै आमाको हत्या अभियोगमा पक्राउ

कञ्चनपुर / आफ्नै आमाको हत्या अभियोगमा प्रहरीले कञ्चनपुरमा एक जनालाई पक्राउ गरेको छ । ६० वर्षीया आमा पार्वती बादीको कुटपिट गरी हत्या गरेको अभियोगमा पुनर्वास नगरपालिका ३ सुकुमबासी टोल बस्ने ३० वर्षीय छोरा पप्पु बादीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बिबादको क्रममा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको स्थानीय पुनर्वास पोलिक्लिनिक हुँदै सेती प्रादेशिक अस्पातल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले कुटपिट गर्ने पप्पुलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया