किताब मृत अवस्थामा फेला

उदयपुर / उदयपुर चौदण्डीगढी नगरपालिका वर्डा नम्बर ८ कात्तिके बस्ने ६० बर्षीय किताब सिंह राई घर नजिकै रहको कात्तिके जंगलमा मृत अवस्थामा फेला परेका छन ।

हिजो दिउँसो साढे १ बजे राई गाई-बाख्रा चराउन घर नजिकै रहेको कात्तिके जंगलमा गएको र राती अबेर सम्म पनि घर फर्कि नआए पछि आफन्तले खोजी गर्दै जाने क्रममा राती १२ बजे घर भन्दा दुई किलोमिटर टाँढा रहेको कात्तिके जंगलमा उनलाई मृत अवस्थामा फेला पारिएको भनि ईलाका प्रहरी कार्यालय बेल्टारमा आज बिहान ९ बजे जानकारी गराएका थिए ।

साथै मृतका आफन्तले राईको सोही जंगलमा सालको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक रुखबाट लडि उनको मृत्यु भएको हुन सक्ने समेत बताएका छन । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले
जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…