काम सम्पन्न नगरी फरफराक उपभोक्ता बाहिर पाइप वितरण

संखुवासभा / चिचिला गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजित रकमको काम सम्पन्न नगरी नै फरफराक गरेको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा चिचिला गाउँपालिका वडा नं. २ को गैरीआङ्ला खानेपानी मर्मतको काम सम्पन्न नगरी नै गाउँपालिकाले फरफराक गरेको हो । २०४६/४७ मा काँदुरी एग्रीकल्चरले निर्माण गरेको खानेपानी आयोजनाको लागि मर्मत गर्न भन्दै ८० हजार रकम विनियोजन गरिएको थियो । तर विनियोजित रकमको काम सम्पन्न नगरी नै फरफराक गरेको देखिएको छ । स्टीमेट अनुसार टुटेफुटेका पाइप मर्मत गर्ने, आवश्यकता अनुसार पाइप खरिद गर्ने, मुहान मर्मत तथा संरक्षण गर्ने, पाइप पुर्ने लगायतका स्टीमेटमा भनिएको छ । तर पाइप समेत थाङ्नाले बेरिए पनि चुहिने र टुटेफुटेका छन् । पाइप नपुरीएका कारण पनि टुटफुट धेरै हुने गरेको जेम्स राईले बताए । अहिलेसम्म पाइप पुरेको छैन, उनले भने फरफराक भयो भन्ने सुनेँ ।

खानेपानी मर्मत समितिका अध्यक्ष दिपेन्द्र राईले पाइप, सिमेन्ट, सकेट लगायतका सामाग्रीमा ६८ हजार २ सय ५० रुपैंया खर्च भएको बताए । तर अन्य रकमको बारेमा कुनै जानकारी नदिई फरफराक भएको खबर पाएपछी उपभोक्ताहरु आक्रोशित बनेका छन् । अध्यक्षका अनुसार ३२ एमएमको ४ सय मिटर र २० एमएमको ६ सय मिटर पाइप खरिद गरेको बताउँछन् । तर पाइप नपुरीएकाले अहिले पनि प्रत्यक्ष रुपमा पाइपको मिटर गन्न सकिने छ जेम्सले भने । उनका अनुसार ३२ एमएमको ७० मिटर पाइप प्रयोग गरिएको छ ।

भने ३ सय मिटर २० एमएमको पाइप उपभोक्ता बाहिरको मनकुमार राईलाई व्यक्तिगत रुपमा समेत वितरण गरिएको छ । यस्तै उपभोक्ताका दुई घरलाई सय मिटरको दरले पाइप वितरण गरिएको छ । अध्यक्ष राईले उपभोक्तालाई पाइप अभावमा पनि आफ्नो घरमा सय मिटर २० एमएमको पाइप राखेका छन् । नागरिकसँग कुरा गर्दै अध्यक्ष राईले मर्मत गर्न बाँकी रहेको स्थानका लागि राखेको हुँ । मुहानमा प्रयोग गरिएको भनिएको पाइप समेत कृषि मार्फत उपलब्ध गराइएको खुलेको छ ।

तर अधयक्ष राईले खरिद गरिएका र प्रयोग गरिएका पाइपको बारेमा यस्तो जानकारी दिए पनि फरफराक गर्दाको विवरण भने फरक देखिएको छ । फरफराक गर्दा ४० एमएमको सय मिटर, ३२ एमएमको ४ सय मिटर र २० एमएमको ४ सय मिटर प्रयोग गरिएको देखाइएको छ । गाउँपालिकाका प्राविधिक चन्द्र प्रकाश राईले समेत उक्त खानेपानी मर्मत योजनाको प्राविधिक परिक्षण र अनुगमन गरेका थिए । तर काम सम्पन्न नगरी कसरी फरफराक भयो भन्ने प्रश्नमा प्राविधिक राईले अध्यक्षले काम सम्पन्न गर्ने जनाएका थिए ।

सडक छेवैमा पाइप भएकाले सडक निर्माण गरिरहेको हुनाले चाँडै पाइप पुर्ने भनेकाले फरफराक गर्न आउँदा फोटो सहित उपलब्ध भएकाले फरफराक गरिएको उनले बताए । तर काम गर्छु भनेकै भरमा फरफराक गर्नु प्राविधिकको समेत गल्ती भएको उपभोक्ताहरु बताउँछन् । उक्त खानेपानी अनुगमनका लागि वडाध्यक्ष मिर बहादुर राईले वडा सदस्य तिर्थ माया राई लगायतलाई पठाएको बताए । काम सम्पन्न नगरी फरफराक हुनुले अनुगमन समिति, गाउँपालिका प्राविधिक र खानेपानी मर्मत आयोजनाका अध्यक्ष राईको मिलेमतो हुनसक्ने उपभोक्ताहरुले शंकाा गर्न थालेका छन् । स्टीमेट अनुसार काम नहुँदा र पाइप जडान गरिएकोमा कपडा, थांना र ट्युबले बाध्नु परेकोले समस्या हुने गरेकोले पानीका हेरालुले समेत कठिनाई भोग्नु परेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया