काम गरेर देखाउने ईप्रका बेलबारी प्रमुख राईको दाबी

बेलबारी । आफु सस्तो लोकप्रियता भन्दा पनि काममा बिश्वास गर्ने र काम गरेर देखाउने ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख प्रहरी निरिक्षक रामकुमार राईले दाबी गरेका छन ।

एक साताअघि ईलाका प्रहरी कार्यलय बेलबारीको प्रमुखका रुपमा आएका राईले नेपाल प्रहरीको पहिलो काम जनतालाई शान्ति सुरक्षा र अमनचयनका लागी अहोरात्र खटिने र यस क्षेत्रका समस्याहरुको पहिचान गरी ती समस्याहरुको समाधानमा आफु जुटने बताएका छन । कुनै पनि हालतमा पिडितले न्याय पाउने र पिडकले उन्मुत्ति पाउने अबस्था सिर्जना हुन नदिने उनले बताए । कुनै पनि प्रभाव र दबावमा आफुले काम नगर्ने भन्दै सत्यको पक्षमा आफु सधै काम गर्ने उनी बताउँछन ।

श्निबार बिहान आफनै कार्यलयमा पुर्वेली न्युज सँग कुरा गर्दै राईले यस क्षेत्रमा गुण्डागर्दी,लागुऔषधको कारोबार लगायत बिबिध समस्या देखेको र त्यसको न्युनिकरणका लागी बिशेष पहल गर्ने र आगामी दिनमा यस क्षेत्रमा थप समस्याहरु सबै बर्ग र क्षेत्रका ब्यत्तिहरु सँग छलफल गरी पहिचान गरेर अगाडी बढने बताएका छन । यस क्षेत्रमा आफु नयाँ भएका कारण यस क्षेत्रको सबै समस्था थाहा नभएको र क्रमश सबै समस्याहरुको पहिचान गरी निराकरणका लागी आफु हरदम तयार रहने समेत उनले बताएका छन ।

खोटाङमा जन्मिएका राई २०७० सालमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रबेश गरेका हुन । महानगरीय प्रहरी परिसर सहित काठमाण्डौमा २ ठाँउमा कुशलतापुर्बक काम गरेर चर्चा कमाएका राई उपत्यका बाहिर पहिलोपटक मोरङको बेलबारीमा सरुवा भएर आएका हुन ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

हरित नगरी र बेलको शहर बन्दै बेलबारी

बेलबारी प्लाष्टिक झोला मुक्त नगर घोषणा

बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

तपाईको प्रतिक्रिया

Loading…