कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो

कर्णाली / कर्णालीमा कोभिड– १९ सङ्क्रमितको सङ्ख्या दुई हजार तीन पुगेको छ । पछिल्लो चौबिस घण्टामा थप २४ जनाको पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका छ र सुर्खेतका एक गरी २४ जनामा सङ्क्रमण पहिचान भएको हो ।

त्यस्तै कोरोना निको भई आइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८८० पुगेको छ । हाल कर्णालीमा ११७ जनामात्र कोरोनाका सक्रिय बिरामी रहेका छन् भने छ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया