करेन्ट लागेर १ जनाको मृत्यु

उदयपुर / उदयपुरमा करेन्ट लागेर १ जनाको मृत्यु भएकाे छ । त्रियुगा नगरपालिका-२ का २४ बर्षीय जोती कुमार राईको करेन्ट लागेर मृत्यु भएको हाे ।

बुधवार दिउँसो पौने २ बजेको समयमा स्थानीय खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाईते भएका राईको उपचारको क्रममा सिभिल अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरेहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया