करेन्ट लागेर शख्त घाइतेलाई किरात याक्थुङ चुम्लुङ इजरायलको सहयोग

पथरी / घरायसी काम गर्ने क्रममा करेन्ट लागेर शख्त घाइते बनेका मोरङ्ग पथरी शनिश्चरे ९ का चन्द्र दर्जीलाई इजरायलबाट सहयोग जुटेको छ । उपचार सफल भए पनि हस्पिटलमा तिर्ने आर्थिक अभावका कारण घर र्फकन समस्या भए पछि किरात याक्थुङ चुम्लुङ इजरायलले ५१ हजार ६ सय ४२ रुपैयाँ सहयोग गरेको हो ।

लामो समय देखि परदेशमा रहेर नेपालीको दिन दुखमा सहयोग गर्दै आएको किरात याक्थुङ चुम्लुङ इजरायलले दर्जि बाहेक नेपालको बिभिन्न स्थामा उदारणिय सहयोग गर्दै आएको छ । पुर्वी नेपालको मोरङ, झापा, सुनसरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलाममा गरि १३ जना बालबालिकालाई अध्यायन गराउर्दै आएको छ । ५५ लाखको अक्ष्ययकोष खडा गरि दिन दुखीको सहयोग गर्दै आएको संस्थाकी उपाध्यक्ष नुमा काङ्वाले बताउनु भयो ।

आर्थिक अवस्था कम्जोर रहेको दर्जिलाई पथरीशनिश्चरे वडा नं. १० का वडाध्यक्ष सागर राईको सहयोगमा काठमाडौको किर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । करेन्टले हात र छातिमा गहिरो चोट लागे पछि दर्जीको एउटा हात काट्नु परेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या हुदाँ स्थानिय छिमेकी , आफन्त, इष्टमित्र सबैले धेरथोर सहयोग गरेर उपचार त गरे तर एउटा हात भने गुमाउनु पर्यो । जसोतसो उपचार पश्चात् अस्पतालले डिस्चार्ज त दियो तर अस्पताल छाड्नु अघि ७० हजार रुपैयाँ बुझाउनु पर्ने भयो । सो रकम अभावमा अस्पतालबाट निस्कन समस्या भैरहेको अवस्थामा किरात याक्थुङ चुम्लुङ इजरायलबाट आर्थिक सहयोग भए पछि दर्जि घर र्फकने भएका छन ।

किरात याक्थुङ चुम्लुङ इजरायलकी उपाध्यक्ष नुमा काङ्वा लिम्बुको पहलमा ५१ हजार ६ सय ४२ रुपैयाँ संकलित रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सागर राई र नुमा काङ्वाकी आमा पिडित परिवारको घरमै गएर सो रकम हस्तान्तरण गर्नु भएको हो । सो सहयोग रकम बुझ्दै पिडितका दाजु दिपक दर्जिले किरात याक्थुङ चुम्लुङ इजरायलले गरेको सहयोग प्रती आभार प्रकट गर्दै आफू सम्पुर्ण सहयोगीहरुको ऋणी भएको बताए ।

१ महिनाकी सुत्केरी श्रीमती र १ बच्चा समेत रहेका दर्जीको उपचारमा स्थानियका साथै पथरी शनिश्चरे १० का वडा अध्यक्ष सागर राई, वैदेशिक रोजगारीमा रहेका पथरी शनिश्चरे १० कै जित बहादुर राई लगायतले समेत आर्थिक सहयोग गर्नु भएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…