करणी गरेको अभियोगमा जाहेरी दर्ता

उदयपुर/उदयपुरमा एक जना विरुद्ध जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेको छ । कटारी नगरपालिका ७ का ३६ वर्षिय राजेश दनुवार विरुद्ध जबरजस्ती करणी गरेको आरोपमा जाहेरी दर्ता भएको छ ।

मंगलबार राति सोही एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दर्ता भएको छ । आरोपित फरार रहेको र खोजी कार्य गर्दै अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्र्रहरी नायव उपरिक्षक धु्रबकुमार श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया