करणी उद्योग र वन पैदावार मुद्दाका फरार पक्राउ

मोरङ / प्रहरीले मोरङको लेटाङबाट जवरजस्ती करणी उद्योग र वन पैदावार मुद्दाका फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । अदालतले दोषी ठहर गरे पनि फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी सहायक निरीक्षक दिपक कटवाल नेत्रृत्वको टोलीले पक्राउ गरेर शुक्रबार अदालतमा पेस गरेको छ ।

अदालतले जवरजस्ती करणी मुद्दामा दुई वर्ष चार महिना २७ दिन कैद सजायको फैसला गरेका लेटाङ नगरपालिका–१ का २२ वर्षीय साने भनिने हस्तबहादुर लिम्बू र वन पैदावार मुद्दामा १ महिना कैद र २९ हजार ४ सय ८८ रुपैयाँ जरिवानको फैसला गरेका लेटाङ–८ का ३३ वर्षीय डिल्लीबहादुर राई पक्राउ परेका हुन् । लिम्बूलाई जिल्ला अदालत मोरङले २०७३ साल फागुन ४ गते कैद सजायको फैसला सुनाएको थियो । अदालतले दोषी ठहर गरे पनि उनीहरु फरार रहेका थिए । पक्राउ परेका दुवै जनालाई पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया