ओखलढुंगामा वडा सदस्यलाई १६ वर्षीया किशाेरी बलात्कारको आरोप

ओखलढुंगा / ओखलढुंगामा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा जनप्रतिनिधि विरुद्ध जिल्ला प्रहरी कार्यलयमा उजुरी परेको छ । जिल्लाको लिखु गाउँपालिका–३ की एक युवतीले आफू बलात्कृत भएको आरोप लगाउदै प्रहरीलाई उजु्री दिएकी हुन । उनले ईट्टा भट्टामा काम गर्ने क्रममा विहीबार लिखु–३ का वडा सदस्य बिष्णु श्रेष्ठले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् ।

वडा सदस्य श्रेष्ठ लगायतले सञ्चालन गरेको ईट्टा भट्टमा श्रीमान सँगै काम गर्दै आएकी १६ वर्षीया ती युवतीले आफू बलात्कृत भएको प्रहरी तथा वडा पालिकामा जाहेरी दिएकी हुन । उनले वडा सदस्यलाई बलात्कारको आरोप लगाएपछि वडा सदस्य श्रेष्ठ भने सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङगाले जनाएको छ । आधिकारीक निवेदन परेकाले श्रेष्ठको खोजि कार्य थालिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरिक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…