उदयपुुरमा बालिकालाई सामुहिक बलात्कार, एक युवक पक्राउ

उदयपुर / उदयपुरका एक १७ वर्षिय बालिका सामूहिक बलात्कारमा परेकी छिन् । बालिका सामुहिक बलात्कारको आरोपमा उदयपुरका एक युवक पक्राउ परेकाछन् । साउन २८ गते साँझ त्रियुगा नगरपालिका १२ बसपार्कबाट स.१.ह २१९४ नम्बरको अटो रिक्सा चढेर चौदण्डीगढी नगरपालिका १० हडिया जानेक्रममा तीन युवाहरुले विच जंगलमा अटोरिक्सा रोकी बलात्कार गरेका हुन् ।

तीन जनामध्ये प्रहरीले त्रियुगा नगरपालिका १२ डिएमगेटका २६ बर्षीय विकास परियारलाई साउन २८ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मेघराज अधिकारीले बताए । घटनामा संम्लग्न रहेकामध्ये त्रिनपा ६ लालपत्ताका केशवको थर र उमेर खुलेको छैन् भने अन्य एक जनाको नाम ठेगाना नै नखुलेको डिएसपी अधिकारीले बताए ।

बसपार्कबाट अटोरिक्सामा चढेर गएका दुई युवाले विच जंगलमा बलात्कार गरी पुनः फर्काएर बसपार्कस्थित एक होटलमा अन्य एक युवकले बलात्कार गरेको प्रारम्भिक वयानबाट खुलेको छ । पीडितको साउन २९ गते जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परीक्षण भयो ।

आरोपितविरुद्ध पीडित परिवारले साउन २९ गते जिप्रकामा निवेदन दिएको डिएसपी अधिकारीले बताए । घटनाको बिषयमा थप अनुसन्धान र फरार आरोपितको खोजीकार्य भईरहेको उनले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया