उदयपुरमा ८४ वर्षिय वृद्धलाई नागरिकता

उदयपुर / लिम्चुङबुङ गाउँपालिकामा आयोजित एकिकृत घुम्ती शिविरमा एक ८४ वर्षिय वृद्धले नागरिकता पाएका छन् । नागरिकता पाउनेमा लिम्चुङबुङ गाउँपालिका २ निवासी ८४ वर्षिय महन बहादुर कार्की रहेका छन् ।

यस्तै नागरिकता पाउनेमा वडा नं. ३ का ७३ वर्षिय शिवध्वज राई र वडा नं. १ का ७२ वर्षिय तिर्थ बहादुर राई समेत रहेका छन् । उनीहरुलाई लिम्चुङबुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त सहकार्यमा पालिकाको केन्द्र बाराहामा संचालित दुई दिने शिविरमा नागरिता दिइएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी कुमार खड्काले बताए । उनका अनुसार सो गाउँपालिकामा तीन सय १० जना मध्ये महिला एक सय ८७ र पुरुष एक सय २३ जनाले नागरिकता लिएको बताए । यस्तै ताप्ली गाउँपालिकाको वडा नं. ४ का छ जनाले नागरिकता समेत वितरण गरेको थियो ।

PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

हात्तीको आक्रामणबाट एक अपांगको मृत्युु

बन्दको मारमा विरामी र सर्वसाधारण

लागू औषध सहित एक पक्राउ

उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु

उदयपुर घरेलु तथा साना उद्योगबाट उद्यमीको नाममा लाखौं रकम अनियमितता

त्रियुगा नगरपालिकाबाट १० करोड सामाजिक सुरक्षा भत्ता वितरण

त्रिवेणी स्वास्थ चौकीबाट २४ सैं घण्टा सेवा दिन शुरू

उदयपुरका ४६ बालबालिकाले वैदेशिक रोजगार छात्रवृति पाउने

उदयपुरमा ३० करोड ५० लाख राजस्व संकलन

उदयपुरमा बाँस तथा निगालोको सामान लोक प्रिय बन्दै

तपाईको प्रतिक्रिया