उदयपुरमा सर्पको टोकाईबाट ४ वर्षिय बालिकाको मृत्यु

उदयपुर । उदयपुरमा सर्पको टोकाईबाट एक बालिकाको शुक्रबार विहान मृत्यु भएको छ । कटारी नगरपालिका ३ ताराघारी घर भएका महेश बिककी ४ बर्षीय छोरी ऋतिका बिकको सर्पको टोकाईबाट मृत्यु भएको छ ।

शुक्रबार बिहान ४ बजेर ४५ मिनेट जाँदा बिकलाई सर्पले टोकेको थाहा पाएपछि उनलाई नजिकैको सर्प दंश उपचार केंद्र ताराघारी आर्मी क्याम्पमा लगिएको सोही वडाका वडाध्यक्ष राम बहादुर पोखरेल बताए ।

उनका अनुसार ताराघारी सर्प दंश उपचार केन्द्रमा उपचार नहुने भएपछि चोहर्वा आर्मी क्याम्पमा रहेको सर्प दंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ पनि उपचार नहुने भएपछि थप उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष पोखरेलले बताए ।

ऋतिकालाई घरको कोठा भित्र सूती रहेको अबस्थामा सर्पले टोकेको थियो । कोठा भित्रै बैरी करेत सर्पदेखेपछि छोरीलाई बोलाउदा नबोले पछि आँखा नहरेपछि ताराघारी आर्मी क्याम्पमा रहेको सर्प दंश उपचार केन्द्रमा लगेको ऋतिकाका बूबा महेश बिकले बताए । उपचार केन्द्रसम्म ल्याउँदै छोरीको अवस्था गम्भीर भैसकेको रहेछ समयमा भेन्टीलेटरमा राखेर उपचार गर्न पाएको भए छोरी बाँच्ने गहभरी आँशुको धारा बगाउँदै विकले बताए । विकले भने, ‘मेरो छोरीलाई सर्पले टोकेर मृत्यु भएपनि अवका दिनमा म जस्ताको छोरी छोरी उपचार पाउने व्यवस्थित अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गर्दछु ।’

भेन्टिलेटरको अभाव

गर्मी मौसम शुरू हुन साथ उदयपुरमा सर्प दंशका घटनाहरु बाहिर आउने गर्छन । हरेक बर्ष ५ देखि १० जना वर्षेनी सर्पको टोकाईबाट उदयपुरमा मृत्यु हुने गरेको छ । सर्प दंश उपचार केन्द्रमा सामान्य उपकरण र औषधिहरु भएपनि भेन्टीलेटरको अभाबले गर्दा सर्पले टोकेका कतिपय बिरामीहरुलाई तत्काल भेन्टीलेटरको अभावमा ज्यान गुमाउनु परेको छ । गत वर्षपनि भेन्टिलेटरको अभावमा एक बालकको मृत्यु भएको थियो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा सर्पको टोकाईबाट ४ वर्षिय बालिकाको मृत्यु

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

राजातन्त्र फर्किदैन् : नेता केसी

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

तपाईको प्रतिक्रिया

Loading…