उदयपुरमा मापसे गर्ने १० जनाको लाइसेन्समा प्वाल

उदयपुर / उदयपुरमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १० जनाको सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा प्रहरीले प्वाल पारेका छन् ।
सोमबार रातिको समयमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने तथा मापसे सेवन गरेर होहल्ला गर्ने १० जनाको लाइसेन्सलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले प्वाल गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी मानप्रसाद श्रेष्ठले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र ट्राफिक प्रहरीको सहितको संयुक्त चेकिङ्गमा मापसे गरेर सवारी साधन चलाउने र होहल्ला गर्नेलाई नियन्त्रणमा लिएर मंगलबार एक घण्टाको ट्राफिक नियम सम्बन्धि कक्षा समेत लिई सम्बन्धित नियम उलंघन गर्नेलाई जरिवाना सहित तिराई १० जनाको लाइसेन्समा प्वाल पारेर सम्बन्धित व्यक्तिको अभिभावकलाई जिम्मा लगाएको बताए । सोमबार २० जना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेको अभियोगमा पक्राउ परेका थिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

बराहक्षेत्र चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला शुरु, मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

सुनसरीको बराहक्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा (४२ तस्विरहरू)

धरानदेखि विष्णुपादुका भन्ज्याङसम्म पुग्ने २३ किलोमिटर कच्ची सडकको स्तरान्नति हुँदै

सुख्खा मौसम आएसंगै धरानमा पानीको चरम अभाव

पौष १६ देखी धरानमा इन्द्र वराह मेमोरियल एमच्योर ओपन गल्फ प्रतियोगिताकाे पाचौ संस्करण

वीपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री यादव, राजनीतिक आवरण नभिरेको ब्यक्ती भिसि नियुक्ती गर्न प्रतिष्ठानका पदाधिकारीहरूकाे माग

धरान स्थित हार्डवेयर पसलमा आगलागी

तपाईको प्रतिक्रिया

Loading…