उदयपुरमा फेला परेको मानव कंकालको डीएनए परीक्षण हुने

उदयपुर / उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रेमा मानव कंकाल फेला परेको छ । सदरमुकाम गाईघाटदेखि झण्डै ६५ किलोमिटर पश्चिम साबिक बर्रे गाविस १ को भीरमा लुगा र चप्पलसहितको मानव कंकाल भेटिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सो कंकाल डेढ वर्षअघि हराएका उदयपुरगढी गाउँपालिका ४ (साबिक डुम्रे ६) का ८८ वर्षीय अहिमान तामाङको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार तामाङ २०७३ कात्तिक २२ गतेदेखि घरबाट बेपत्ता भएका थिए ।

घटनासथलमा भेटिएको लुगा र चप्पलबाट कंकाल हराई रहेका तामाङको हुनसक्ने उनका आफन्तले बताएको प्रहरीले जनाएको छ । महिलाहरु घाँस काट्न जाँदा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक चन्द्र राजवंशीको टोली घटनास्थल पुगेर कंकालको सर्जमिन मुचल्का उठाएर फर्केको छ । इन्सपेक्टर राजवंशीका अनुसार छोरा पदमबहादुरले चप्पल, टोपी र लुगा आफ्नै बाबुको भएको दावी गरेका छन् । परिवारका सदस्यले आफन्त दाबी गरे पनि कानूनी प्रक्रिया पूरा गर्न डीएनए परीक्षणका लागि कंकालको टुक्रा विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।

PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

हात्तीको आक्रामणबाट एक अपांगको मृत्युु

बन्दको मारमा विरामी र सर्वसाधारण

लागू औषध सहित एक पक्राउ

उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु

उदयपुर घरेलु तथा साना उद्योगबाट उद्यमीको नाममा लाखौं रकम अनियमितता

त्रियुगा नगरपालिकाबाट १० करोड सामाजिक सुरक्षा भत्ता वितरण

त्रिवेणी स्वास्थ चौकीबाट २४ सैं घण्टा सेवा दिन शुरू

उदयपुरका ४६ बालबालिकाले वैदेशिक रोजगार छात्रवृति पाउने

उदयपुरमा ३० करोड ५० लाख राजस्व संकलन

उदयपुरमा बाँस तथा निगालोको सामान लोक प्रिय बन्दै

तपाईको प्रतिक्रिया