उदयपुरमा त्रियुगा नदीको दहमा डुबेर एक बेपत्ता, खोजी कार्य जारी

उदयपुर / उदयपुरमा सोमबार बेलुका ७ बजे त्रियुगा नदीको दहमा डुबेर एक जना बेपत्ता भएको छ । चौदण्डिगढी नगरपालिका ९ पुर्वटोल ज्यामिरे स्थित त्रियुगा नदीको दहमा डुबेर मानिस बेपत्ता भएको हो । खोटाङको सावाकटहरे ६ घर भई हाल चौनपा ९ अजगरा ससुराली घर बस्दै आएका ४० बर्षिय सुबास बि.क. बेल्टार बजारबाट घरतर्फ फर्कदै गर्दा बेलुका ७ बजे डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज बुद्धि चौलागाइँले जनाएको छ ।

उनका अनुसार अन्दाजी २० फिट गहिरो रहेकोले सोमबार राति १ बजेसम्म सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय बेल्टारबाट खोजि कार्य गरिए पनि फेला परेको छैन । सोमबार रातिसम्म फेला नपरेपनि मंगलबार विहानैबाट पुनः सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण गाईघाटबाट ११ जनाको दैवी प्रकोप उद्धार तालिम प्राप्त टोली खोजी कार्य जारी गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुरको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गाहर धन राईले जानकारी दिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…