उदयपुरमा जबरजस्ती करणीको प्रयासमा दुई युवक पक्राउ

उदयपुर / उदयपुरमा जबरजस्ती करणीको प्रयासमा दुई युवा पक्राउ परेको छ । छुट्टा छुट्टै स्थानमा जबरजस्ती प्रयास गरेको आरोपमा उनीहरु पक्राउ परेको हो । आइतबार राति ४ बजेको समयमा त्रियुगा नगरपालिका १४ बस्ने २६ वर्षिय अर्जुन राईले एक ४ वर्षिय नाबालिकालाई ललाई फकाई गरी छिमेकीको मतान घरमा लगि जबरजस्ती करणीको प्रयासमा पक्राउ परेको छ ।

आरोपी राईलाई आइतबारै नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । यस्तै आइतबार राति १ बजेको समयमा कटारी नगरपालिका ५ का वर्ष १९ को काले भन्ने टेक बहादुर भुजेलले एक १७ वर्षिय बालिकालाई आफ्नै घरको सुत्ने कोठामा सुतिरहेको अवस्थामा जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेको छ ।

जबरजस्ती करणी प्रयास गरेको आरोपमा सोमबार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले भुजेललाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया