उदयपुरमा छोरीको कुटाईबाट बुबाको मृत्यु

उदयपुर / उदयपुरमा छोरीको कुटाईबाट बुबाको मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछामा २८ वर्षिय छोरी अनिता थापामगरको कुटाईबाट बुबा ५५ वर्षिय नेत्र बहादुर थापामगरको बुधबार राति मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेर बुवा र आमा वर्ष ५० की सस्मीता राई मगर विचको झगडा भएको निहुमा छोरीको कुटाईबाट बुबाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँले तेरो आमा बाबुको ठूलो झगडा भईरहेको छोरीलाई सुनाएपछि छोरीले बुबााई कुटपिट गरेको थियो । कुटपिटबाट बुबाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धानको लागि मृतकका छोरी र श्रीमति प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट ल्याउने क्रममा रहेको लिम्चुङबुङ गाउँपालिका २ का वडा सदस्य बोधबहादुर थापामगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया