उदयपुरमा कोरोनाबाट थप एकको मृत्यु, संक्रमितको संख्या १०५ पुग्यो

उदयपुर । उदयपुरमा बुधबार नोभेल कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका ६ का ७० वर्षिय वृद्धा रहेको छ । उनको उपचारको क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । उदयपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ भने बुधबारसम्म १ सय ५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

बुधबार मात्रै उदयपुरमा १४ महिला र १३ पुरुष गरी २७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेमा सवैभन्दा बढी त्रियुगा नगरपालिकाको रहेको छ । त्रियुगा नगरपालिकाका १८ जना, चौदण्डीगढी र कटारी नगरपालिकाका ४÷४ जना र बेलका नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा त्रियुगा नगरपालिकाका ३५, २८, ३०, २२, १५, १८, ६०, २५, ३१, ३० र ५७ वर्षिय महिला र २९, ३५, ४४, ५२, २७ र ३४ वर्षिय पुरुष र उमेर नखुलेको पुरुष पनि रहेका छन् ।

यस्तै कटारी नगरपालिकाका २७ वर्षिय महिला सहित ३७ र ५५ वर्षिय पुरुष र उमेर नखुलेको एक जनामा पुरुष रहेको छ । यस्तै चौदण्डीगढी नगरपालिकामा ५८ र ३४ वर्षिय महिला सहित ३७ र ४५ वर्षिय पुरुष संक्रमित रहेका छन् । बेलका नगरपालिका ४ का ३४ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

उदयपुरमा कोरोना संक्रमितको संख्या ४१ महिला र ६४ पुरुष गरी १०५ पुग्यो । कटारी नगरपालिकामा ३ महिला सहित ८ जना, चौदण्डीगढी नगरपालिकामा ४ महिलासहित १४ जना, त्रियुगा नगरपालिकामा ३१ महिला र ४१ पुरुष गरी ७२ जना, बेलका नगरपालिकामा एक महिला सहित ३ जना, रौतामाई गाउँपालिकामा १ महिलासहित ५ जना र उदयपुरगढीमा १ महिलासहित ३ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म १ जना महिला र २ जना पुरुषको मृत्यु भएको छ भने २ जना कोरोना संक्रमण मुक्त भएको छ ।

तपाईको प्रतिक्रिया