उदयपुरमा कुटपिटबाट १ जनाको मृत्यु

उदयपुर / उदयपुरको कटारी नगरपालिका-१० राम्चेका ६६ बर्षीय बल बहादुर सुनुवारको कुटपिटबाट मृत्यु भएको छ । सोमवार राती ९ बजेको समयमा स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र मृतक बिच सामान्य बादबिबाद भई कुटपिट समेत हुँदा बल बहादुर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा आज दिउँसो २ बजे मृत्यु भएको हो । कुटपिट गर्ने केबल बहादुरलाई ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…