उदयपुरमा एकै दिन ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८१ पुग्यो

उदयपुर / उदयपुरमा एकै दिन ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार १३ महिला र २३ पुरुष गरी ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्रियुगा नगरपालिकामा ९ जना महिलासहित २४ जना, चौदण्डीगढी नगरपालिकामा १ महिला सहित ५जना, उदयपुरगढी गाउँपालिकामा १ महिला सहित ३ जनामा कोरोना पुष्टी भएको हो ।

उनीहरु संक्रमितसँगको कन्ट्राक्ट ट्रेसिङ र लक्षण भएकाहरु मध्येबाट परीक्षण गरिएको मध्ये कोरोना संक्रमित भएको हो । संक्रमित हुनेमा त्रियुगा नगरपालिका १ का ५४ वर्षिय पुरुष, त्रियुगा ५ का ८० वर्षिय वृद्धा, त्रियुगा २ का ४२ र ४६ वर्षिय पुरुष रहेका छन् । त्रियुगा नगरपालिका ६ का ५२ र २१ वर्षिय महिला सहित २२, ३०, २५ र २० वर्षिय पुरुष संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । त्रियुगा नगरपालिका ९ का २२ वर्षिय पुरुष पनि संक्रमण भएको छ ।

त्रियुगा नगरपालिका १० का २५, २८ र ३० वर्षिय महिला सहित ३३, ३६ र ६१ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका ११ का ७१ महिला सहित २१ र २९ वर्षिय पुरुष संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिका १२ का ५५ वर्षिय महिला सहित ३७ र ५८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै चौदण्डीगढी नगरपालिका ५ का ५२ वर्षिय महिला सहित ५ जना संक्रमण भएको छ । चौदण्डीगढी नगरपालिका २ का ४२ वर्षिय पुरुष, चौदण्डीगढी नपा ८ का ४५ वर्षिय पुरुष, वडा नं. ९ का २० वर्षिय पुरुष र वडा नं. १ का ३० वर्षिय पुरुषमा कोरोना संक्रमण भएको छ ।

यस्तै उदयपुरगढी गाउँपालिका ३ का २९ वर्षिय पुरुष र ३५ वर्षिय पुरुष र वडा नखुलेको २४ वर्षिय पुरुषमा कोरोना देखिएको छ । भने बेलका नगरपालिका वडा नं. १ का ४० वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै कटारी नगरपालिका २ का २७ वर्षिय महिला र ३५ वर्षिय पुरुष र वडा नं. ३ का २८ वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

उदयपुरमा कोरोना संक्रमितको संख्या २७ महिला सहित ७८ पुग्यो । कटारी नगरपालिकामा ३ महिला सहित ७ जना, चौदण्डीगढी नगरपालिकामा २ महिलासहित १० जना, त्रियुगा नगरपालिकामा २० महिला सहित ५४ जना, बेलका नगरपालिकामा एक महिला सहित २ जना, रौतामाई गाउँपालिकामा १ महिलासहित ५ जना र उदयपुरगढीमा १ महिलासहित ३ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म १ जना महिला र १ जना पुरुषको मृत्यु भएको छ भने २ जना कोरोना संक्रमण मुक्त भएको छ ।

तपाईको प्रतिक्रिया