उदयपुरबाट ब्राउन सुगर सहित २ जना पक्राउ

उदयपुर / उदयपुरबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । उदयपुरकाे त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका छन् । हिजो दिउसो ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया