उदयपुरका सडक असुरक्षित बन्दै, ७ महिनामा ८३ दुर्घटना २८ को मृत्यु


उदयपुर / चालु आर्थिक वर्ष ७ महिनाको अवधिमा उदयपुरमा साना ठूला दुर्घटना गरी ८३ वटा घटना घटेको छ । ७ महिनाको अवधिमा ८३ वटा दुर्घटनामा परी २८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको तथ्याङ्क अनुसार अहिलेसम्म ८३ वटा साना ठूला दुर्घटनामा गरी २८ जनाको ज्यान गएको देखिन्छ ।

उदयपुरमा सवै भन्दा बढी ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको तथ्याङ्क देखाउँछ । ट्रयाक्टर दुर्घटनामा १० जनाको ज्यान गएको छ भने मोटर साइकल दुर्घटनामा ७ जनाको ज्यान गएको छ ।

ट्रयाक्टरको साथ साथै टिफरबाट ३ र ट्रकको ठक्करबाट ४ जनाको ज्यान गएको छ भने जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बस र अटो रिक्साबाट एक÷एक जनाको ज्यान गएको छ ।

अहिलेसम्म दुर्घटनामा परि २३ जना पुरुष, ३ जना महिला र २ जना बालकको ज्यान गईसकेको छ । कार्यालयका अनुसार ८३ वटा दुर्घटनामा परी ४८ जना भन्दा बढी गम्भिर घाइते भएका छन भने एक सय भन्दा बढी सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका इन्चार्ज दिनेश कुमार चौधरीका अनुसार क्षमता भन्दा बढी यात्रु बोक्ने, तिव्र गति र मादक पदार्थ सेवनले दुर्घटना बढेको बताए । बाटोघाटोको अवस्था हेरेर सवारी चलाउनेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपनि चालक र सहचालकको लापरबाहीले पनि दुर्घटना निम्तिएको पाइन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार हरेक वर्ष यातायात दुर्घटनाको संख्या बढी रहेको छ । दुर्घटनाको मुख्य कारण ट्राफिक नियम पालना नगरेर सवारी चलाउने, सवारी साधनको बढ्दो चाप तथा ट्रयाक नखुल्दै सवारी चलाउन खोज्दा दुर्घटना बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख दिनेश कुमार चौधरीले बताउँछन् ।

तपाईको प्रतिक्रिया

Loading…