ईलाममा भिरबाट लडी एक जनाको मृत्यु

ईलाम / ईलाममा भिरबाट लडी एक जनाको मृत्यु भएकाे छ । ईलाम रोङ गाँउपालिका-२ बर्फल्याङ ढोरेनी स्थितमा बस्ने २७ बर्षीय टिका कालीकोटेको लडेर मृत भएको हाे ।

आज बुधबार दिउँसो पउने २ बजे घर नजिकै रहेको भिरबाट लडेर अन्दाजी दुई सय मिटर तल खस्दा कालीकोटे मृत अवस्थामा फेला परेको भनि स्थानीयहरुले ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए । घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया