ईराक लान खोज्ने दुईजना इटहरीबाट पक्राउ

इटहरी / नक्कली भिसा देखाई भारतिय भुमिहुदै बिदेश लैजाने खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ की ३३ बर्षिय मञ्जु लिम्बुलाई ईराक लाने भन्दै इटहरीको सेवा होटलबाट उनिहरुलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङका अमृत बहादुर मगर र संखुवासभाका गणेश राउत छन ।

काठमाडौमा बस्ने राउत र मगरले फोनबाट तपाईको भिसा आएको र तुरुन्त जानु पर्छ भनेर सेवा होटलमा लिम्बुलाई बोलाएका थिए । घरायसी काम ५० हजार बढी तलब हुने भन्दै कपडा पैसा समेत बोक्न नदिई एक्कासी लाने क्रममा शंका लागेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन । काकरभिट्टा हुदै दिल्लीबाट ईराक पुराउने उनिहरुले भनेको लिम्बुले बताईन । तर आफुले पटक पटक कुन मेनपावर हो भन्दा समेत उनिहरुले नभनेको उनले बताइन । पक्राउ परेका दुवै बिरुद्ध लिम्बुले चेलिवेटी बेचबिखनको किटानी जाहेरी दिएकी छिन ।

लिम्बुले मगरलाई तिन महिना अघि पासपोर्टे दिएकी थिइन । मगर र राउतले जेठ १९ गते भिसा आएको जानकारी दिएका थिए । तर आइतबार एक्कासी भारत जानु पर्ने भनि चौक बोलाएको लिम्बुले बताइन । यता पक्राउ परेको बिषयमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव कुमार श्रेष्ठले दुवैको बिषयमा अनुसन्धान भइरहेको बताए । भिसा नक्कली या सक्कली भएपनि ईराक लाने काम गैरकानुनी भएको उनले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया