ईटहरीका मेयर चौधरीले मागे पत्रकार सँग माफी

इटहरी । नेपाल पत्रकार महासंघ सुनसरीले एको २४ घण्टा नबित्दै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारहरु सँग माफ मागेका छन । पत्रकार माथी भएको दुब्र्यवहार प्रति उनले बिज्ञप्ती जारी गर्दै माफी मागेका हुन ।

आईतबार विज्ञप्ती जारी गदैं मेयर चौधरीले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताको आफु पत्रकारहरुको पक्षमा रहेको भन्दै आगमी दिनमा हातमाहात मिलाएर अगाडी बढ्ने प्रतिबद्धतासहित लिखित माफी मागेका हुन ।आफु ब्यस्त रहेको बेला पत्रकारहरुसँगको कुराकानीको क्रममा भएको गतिविधीबाट पुगेको चोटप्रति मेयर चौधरीले माफी मागेका छन । जनता पार्क निर्माणको लागि डिभिएम स्कुलका संचालकसँगको छलफल, घर नक्सा शाखाका प्राविधिहरुसँगको छलफल, वडा सचिवहरुलाई निर्देशनलगायत तनावपूर्ण काम व्यस्त भएको बेला भएको कुराकानीका क्रममा पत्रकारहरुको भावनामा पुग्न भएको चोटप्रति दुःख व्यक्त गर्दछु । बिज्ञप्तीमा उल्लेख छ ।

चौधरीले पत्रकार कृष्ण बहाव भट्टराई र विकल रेग्मीलाई दुब्र्यवहार गरेका थिए । गत ८ गते कर्मचारी र पत्रकारहरुलाई गरेको दुब्र्यवहारको विषयमा उपमेयरले मागेको माफीप्रति पत्रकारहरुले नमानेपछि मेयरले लिखित माफी मागेका हुन । मेयरको कार्यशैली प्रति महानगरका कर्मचारीहरु समेत केही दिनदेखि आन्दोलित रहेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…