इमो कलमा चिट्ठा पर्यो भन्दै ठगी गर्ने २ जना पक्राउ

उदयपुर / इमो कलबाट २५ लाख चिट्ठा पर्यो भन्दै ठग्ने दुई जनालाई उदयपुर प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहा कर्जन्हा नगरपालिका ९ बस्ने जीवन साह र धनुषा जनकपुर उपमहानगरपालिका १२ बस्ने रघुनाथ पण्डित पक्राउ परेका छन् ।

उनीहरुले सुरुङ्गा नगरपालिका –१ बस्ने संगीता चौधरीलाई एनसेलको नम्बरमा इमोमा २५ लाख पर्यो भन्दै कल गरेर पटक पटक गरी ९० हजार बुझाउन लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार पटक पटक गरी ९० हजार ठगी गरेको रहेछ । उनीहरु दुवै इएमई संचालक रहेको बताए । उनका अनुसार साहले २ प्रतिशत लोभ र पण्डितले १ प्रतिशत कमिशनको लोभमा पैसा बुझने र ठगलाई दिने गरेको बताए ।

यस्तै २०७४ साल चैत्र १ गते पनि इमो कलमा चिठा पर्यो भन्दै ठगी गर्ने गिरोहका नवलपरासी चुस्ता गाउँपालिका ४ नर्सहीका रहजु विनका छोरा १९ वर्षिय नन्दन विनलाई पक्राउ गरेको थियो । उनले चौदण्डीगढी नगरपालिका–१० का रामसेवक चौधरीलाई हिन्दी भाषामा चिठामा २५ लाख रुपैयाँ परेको छ, भन्दै ४५ हजार १ सय रुपैयाँ ठगेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…