इनरुवा १० को वार्ड कार्यालय स्थानीयहरुद्वारा घेराउ

इनरुवा । आधार कार्ड वितरणमा पक्षपात गरेको भन्दै इनरुवा १० को वार्ड कार्यालय स्थानीयहरु घेराउ गरेका छन् । आइतबार बिहानै देखि आक्रोशित स्थानीयहरुले गरिब,विपन्न,अपांग,एकल महिला तथा सुकुम्बासीहरु लाई आधार कार्ड वितरण गर्नुपर्नेमा वडा कार्यालयले त्यस्तो नगरी आफूखुसी वितरण गरेको जलपापुरका स्थानीयहरुले आरोप लगाएका छ ।

स्थानीय सुधिन मन्सुरीका अनुसार इनरुवा नगरपालिका वार्ड १० का अध्यक्ष सुल्तान मियाले आफूखुसी आफ्नो घरमा आफ्ना कार्यकर्ताहरु लाई मात्र आधार कार्ड वितरण गरेको छ । जाडोको राहत वितरणमा समेत वडाध्यक्षले विभेद गरेको अर्का स्थानीय इन्दिस मियाले बताए ।

स्थानीयवासीले वार्ड कार्यालय घेराउ गरेपछि वडाध्यक्ष कार्यालय छोडेर भागेको बताइएको छ । यससम्बन्धमा वडाध्यक्ष मियासंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया

×