इनरुवा बसपार्कमा स्वाब संकलन गरेका सय जनाकाे रिपोर्ट नेगेटिभ

इनरुवा / साउन २१ गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जना सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय नेता तथा औषधी व्यवसायी योगेन्द्रप्रसाद मेहतामा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगको कन्ट्याक ट्रेसिङका आधारमा एक सय जनाको स्वाब संकलन गरिएको थियो । स्वाब संलकन गरिएकाहरुमा अधिकांश नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु रहेका थिए ।

स्थानीय देखि जिल्ला, प्रदेश र संघीय तहका नेताहरुको कोरोना परीक्षण गरिएको थियो । संघीय सांसद सीताराम मेहता, प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइराला, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह सहित स्थानीय र जिल्ला तहका नेता, कार्यकर्ता लगायतको स्वाब संकलन गरिएको थियो ।

संक्रमण पुष्टि भएका व्यक्ति पार्टीको महाधिवेशन तयारीका क्रममा विभिन्न वडा र गाउँसम्म पुगेको पाइएपछि इनरुवामा समुदाय स्तरमा ठूलो संख्यामा स्वाब संकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया