इनरुवामा २६ गते सम्म लकडाउन

इनरुवा / कोरोना भाइरसको जोखिम बढेको निश्कर्ष सहित इनरुवा नगर क्षेत्रमा लक डाउन गरिएको छ । इनरुवाको एक स्थानीय नेता तथा व्यापारीमा संक्रमण पुष्टि भएसँगै नगरपालिकाले नगरभित्र पूर्ण लक डाउनको निर्णय गरेको छ ।

अघिल्लो दिन जिल्ला प्रहरी कार्यालयका जवानका संक्रमण पुष्टि भएको भोलिपल्ट इनरुवाका सकृय नेता तथा औषधी व्यवसायी समेत रहेका पुरुष संक्रमित पाइएका हुन् । नगरपालिकाले बजारमा भिड बढ्दै गएको र कोरोना संक्रमणको जोखिम थप बढेको भन्दै २६ गते सम्म लक डाउन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले लक डाउन अवधिभर बैंक तथा वित्तिय संस्था समेत बन्द रहने जनाएको छ । उसले आफु मातहत बाहिरका कार्यालयलाई समेत सेवा बन्द गरिदिन आग्रह गरेको छ ।

यसैबिच कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सुनसरीको दुहवी नगरपालिका सहित, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकाले समेत आजबाट आआफ्नो क्षेत्रमा लक डाउनको घोषणा गरेका छन् । रामधुनीले यसअघिनै लक डाउन गरिसकेको छ । इटहरीले समेत ५ दिन लक डाउनको घोषणा गरेको छ । अन्य पालिकाले समेत सो विषयमा छलफल अघि बढाएका छन् ।

उता जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर ढुवानी बाहेकका सवारी साधन संचालनमा रोक लगाएको छ । अत्यावश्यक बाहेकको बजार पसल अपरान्ह १२ बजेदेखि ४ बजेसम्म मात्र खोल्न पाइने प्रशासनले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया