इटहरी क्षेत्रमा लाग्ने ‘हाट बजार’ हटाउन ट्राफिक प्रहरीले थाल्यो पहल

इटहरी / इटहरीमा लाग्ने हाट बजार व्यवस्थापन गर्नको लागी पहल थालिएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले सडक अतिक्रमण गरी लाग्ने हाट बजार व्यवस्थापनको लागी इटहरी हाटखोलाका टोलबिकास समितिसँग छलफल गरेको हो । इटहरी ६ र ९ नम्बर वडाका ४ वटा टोल बिकास समितिसँग ट्राफिक प्रहरीले पहिलो चरण छलफल गदै सडकबाट बजार हटाउन स्थानिय सरकारले पहल र व्यवस्थापन गर्न सके समस्या हल हुने निस्कर्ष निकालेको छ । हाटखोलामा आईतबार र बुधबार लाग्ने बजारले सडक अतिक्रमण गर्नुको साथै बजारमा चोरी तथा लुटपाटका घटना बढेपछि इलाका प्रहरी कार्यालय इटहरी र प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले पहल थालेको थियो । छलफलमा बिभिन्न टोल बिकास समितिका पदाधिकारीले सडक अबरुद्ध हुने गरी लाग्ने हाट बजार हटाउन आफुहरु अग्रसर भएको बताए ।

गुरास मार्ग टोल सुधार समितिका अध्यक्ष छत्रबहादुर राईले बजारका कारण स्थानियहरु आजित भएको बताए । बजार हटाउन धेरै पहल भएपनि उपमहानगपालिकाले बजारमा लगाउने ठेक्काका कारण टोल बिकासको माग सम्बोधन हुन नसकेको गुनासो गरे । बजारका कारण फोहोर मैलादेखि मदिरा बिक्री जस्ता बिकृतिले स्थानियहरु दिक्दार भएको स्थानिय रोहित न्यौपानले बताए ।बजार भर्न आउने महिलाहरुको सुन लुट्ने घटना धेरै पटक घटेको बताउदै उनले हाट खोलाबाट बजार पूर्ण रुपले हट्नु पर्ने सुझाप दिए । छलफलमा जनप्रतिनिधि भद्रा थापा मगर र शिवराम शर्माले बजारको समस्या नगर सभामा राख्ने बताए ।

उपमहानगरले हाट खोलामा निर्माण गरेको गुद्री बजार सञ्चालन गर्ने तयारी गरेको बताउदै ६ नम्बर वडाकी सदस्य भद्रा थापा मागरले सडक अतिक्रमण गरी लाग्ने हाट बजार हटाउन स्थानिय सरकार पनि सकरात्मक भएको बताईन । यता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले सडककनै बाधा हुने गरी लाग्ने बजार गैरकानुनी भएको बताए । बजार लागेको समयमा चोरी तथा लुटपाटका घटना बढेको बताउदै यसको व्यवस्थापनको लागी स्थानिय सरकारले तत्काल पहल गर्नुपर्ने धारणा खरेलले राखे । बजार क्षेत्रमा घरेलु मदिरा बेचबिखनमा तत्काल रोक लगाउने समेत उनले बताए ।

प्रदेश १ ट्राफिक प्रहरीका प्रमुख एसपी भिम दाहालले बजार हटाउने बिषयमा उपमहानगरसँग छलफल गरी तत्काल यसको व्यवस्थापन निकाल्ने बताए ।सबारी साधनलाई अबरोध हुने गरी बजार लगाउने व्यवसायीलाई पक्राउ गरी कानुनी दायारामा ल्याउने समेत उनले बताए । आफ्नो कार्यकालमा प्रदेश १ भरी सडकमा लाग्ने हाट बजार हटाउने अभियान जसरी भएपनि कार्यान्वयन गर्ने दाहालले बताए ।

तपाईको प्रतिक्रिया

Loading…