इटहरी उपमहानगरपालिका वडा नम्वर २ को कार्यालय भवनकाे भयाे शिल्यान्यास

इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्वर २ को कार्यालय भवन शिल्यान्यास गरिएको छ । इटहरीका मेयर द्वारिकलाल चौधरीले भवनको शिल्यान्यास गर्नुभयो ।तल्लो तलामा पाँच वटा कोठा र माथिल्लो तलामा सभाहल रहने गरिको भवन निर्माणको योजना रहेको वडा नम्वर २ का अध्यक्ष हर्क वहादुर मगरले वताउनुभयो ।

करिव ९७ लाख लागत अनुमान गरिएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो । सुन्दरदेवी मन्दिर परिषरमा तीन कठ्ठा क्षेत्रफलमा भवन निर्माण थालिएको हो । इटहरीका आफनै वडाकार्यालय भवन नरहेका वडाहरुमा भवन निर्माणको सुरुवात वडा नम्वर २ वाट गरिएको वडाध्यक्ष मगरले वताउनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…