‘इटहरीमा २५ जनामा काेराेना संक्रमण पुष्टि’

इटहरी / इटहरीमा अहिले सम्म २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । विभिन्न समयमा गरिएका परिक्षामा २५ जनामा संक्रमण देखिएकाे हाे । १५ जना काेराेना संक्रमित भने उपचार पछि घर फर्किसकेका छन । आज इटहरीमा २ जनामा संक्रमण देखिएकाे बताइएकाे छ । इटहरी उपमहानगरपालिकाका वारूणयन्त्र चालक र इटहरी ५ का एक २७ वर्षीय युवकमा पनि संक्रमण देखिएकाे छ ।

इटहरीमा पछिल्लाे समय समुदायमा संक्रमण देखिन थालेकाे छ । लामाे यात्रा विवरण नभएकामा संक्रमण देखिन थाले पछि समुदायमा फैलिएकाे अनुमान गर्न थालिएकाे छ । संक्रमण फैलिन नदिने उदेश्यले इटहरीमा वुधबार देखि २५ गते राति १२ बजे सम्म पुर्णरुपमा लकडाउन गरिएकाे छ । साथै उपमहानगरपालिका र सबै वडा कार्यालयको कामकारबाहि पुर्ण रुपमा बन्द गरिएकाे छ ।

तपाईको प्रतिक्रिया