इटहरीमा सुतेकै अवस्थामा महिला मृत फेला

इटहरी / सुनसरीको इटहरी ४ मा एक महिला सुतेकै ठाउमा मृत भेटिएकी छिन् । डेरा गरी बस्ने अन्दाजि ३५ वर्षिया महिला सुतेकै अवस्थामा बिहीबार मृत भेटिएकी हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार राति खाना खाएर सकुशल सुतेकि श्रीमति बिहान अबेर सम्म पनि नउठेपछि उठाउन पुग्दा मृत अवस्थामा फेला परेको उनका श्रीमानले बताएका छन् । घटनाका बिषयमा अनुशन्धान भइरहेकोले प्रहरीले जनाएको छ । महिलाको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि प्रतिस्ठान लगिएको प्रहरीले बताको छ ।

तपाईको प्रतिक्रिया