इटहरीमा रुखले किचेर एक जनाको मृत्यु

इटहरी / सुनसरीको इटहरीमा रुखले किचेर एक जनाको मृत्यु भएकाे छ । इटहरी १७ टिकुलिया का ५५ बर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जानकारी दिएकाे छ ।

शुक्रबार दिउसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किच्दा गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएकाे छ । दिनको साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया