इटहरीमा यातायात व्यवसायीकाे प्रथम भेला सम्पन्न

इटहरी / जय माता पाथिभरा भलाइ काेष यातायता प्रा लि काे भेला सम्पन्न गरेकाे छ । शनिवार इटहरीमा जय माता पाथिभरा भलाइ काेषमा आवद्ध यातायात व्यवसायीहरुकाे प्रथम भेला सम्पन्न भएकाे हाे । भेलाले १० बुदे प्रस्ताव समेत पारित गरेकाे प्रा लिका अध्यक्ष मनाेज कुमार प्रधानले जानकारी दिए । प्रस्ताव व्यावसायीहरुबाट सर्वसम्वत पारित भएकाे उनकाे भनाइ रहेकाे छ ।

काेषले सवारी दुर्घटनामा परेका सवारीसाधनहरुकाे तिर्नु पर्ने क्षतिपुर्तीकाे जिम्मा लिने गरेकाे छ । सवारी धनिहरुबाट दैनिक रकम उठाउने र त्यसबापत दुर्घटनामा परेका सवारीहरुले तिर्नु पर्ने क्षतिपुर्ती तिर्दै आएकाे अध्यक्ष प्रधानले बताए ।

पारित प्रताव अनुसार संस्थामा आवद्ध सवारिसाधनहरु दैनिक छ सय रुपयाैँ बुझाउनु पर्ने छ । त्यसबापत सवारी दुर्घटनाकाे सम्पुर्ण दायित्व संस्थाले लिने छ । साथै सावारिसाधन गुडेकाे अनुपातमा इन्स्याेरेन्स, बिलबुक, रुट परमिट र जाँचपास समेत संस्थाले नविकरण गरिदिने छ ।

उक्त कार्यक्रममा बाेल्दै सार्वजनिक यातायता केन्द्रिय महासंघ १ नम्बर प्रदेशका महासचिव रमेश खत्रीले काेराेना महामारीका कारण भएकाे लकडाउनले मारमा परेका यातायात व्यवसायी र श्रमिकहरूलाई समेत काेषले सहयाेग गरेकाे बताए । अहिले बैंककाे ब्याज र बितिय संस्थाहरूमा किस्ताकाे समस्या समाधानकालागि पनि निरन्तर काम भइरहेकाे उनले बताए ।

कार्यक्रमकाे प्रमुख अतिथि सार्वजनिक यातायात केन्द्रिय महासंघ प्रदेश न १ का अध्यक्ष महेन्द्र अधिकारी रहेका थिए । उनले काेषले यातायात व्यवसायीलाइ सहुलियत हुने विस्वास व्याक्त गरे । उन काेषकाे सफलताकाे शुभकामना समेत व्याक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया