इटहरीमा काेराेना परिक्षण शुरु, सबै वडामा स्वास्थ्यकर्मी परिचालन

इटहरी / इटहरीमा काेराेना परिक्षण हुने भएकाे छ । मंगलबारबाट इटहरी उमहमानगरपालिकाले पिसिआर विधिबाट काेराेना परिक्षण शुरु गरेकाे हाे । इटहरी स्थिति रंगशालाबाट गरिक्षणकाे व्यवस्था मिलाइएकाे इटहरी उमहमानगरपालिकाकी उपमेयर लक्ष्मी गाैतमले जानकारी दिइन् ।

पिसिआर परिक्षणकालागी विभिन्न मापदण्ड ताेकिएकाे छ । काेराेना पोजेटिभ देखिएका परिवारका सदस्य, कन्ट्र्याक ट्रेसिङमा परेका र लक्षण देखिएका ब्यक्तिहरुकाे परिक्षण गरिने छ । साथै स्वास्थकर्मीले सिफारिस गरेका व्याक्तिहरुकाे मात्र परिक्षण गरिने छ ।

साथै उमहमानगरका २० वटा वडामा स्वास्थ्यकर्मीकाे टाेलि परिचाल गरिएकाे छ । संक्रमितका परिवारका सदस्य, कन्ट्र्याक ट्रेसिङमा परेकाहरुकाे परिक्षण, संक्रमितकाे उपचार लगायतमा स्वास्थ्यकर्मीकाे टाेलि काम गर्ने छ ।

तपाईको प्रतिक्रिया